वुहानमा ७६ दिनपछि हटाइयो लकडाउन

लोकपाटी न्यूज

काठमाडौं, २६ चैत। कोरोना भाइरसको उद्गम स्थलको रुपमा मानिएको चीनको वुहानमा लकडाउन हटाइएको छ।  चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको हो। मंगलबार लकडाउन हटाइएपनि बजार भने खुलेका छैनन् तर यातायतका सबै साधनहरु भने पुन सञ्चालनमा आएका बताइएको छ।

चिनियाँ सञ्चार माध्यमले जनाए अनुसार यातायात सञ्चालनमा आए पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहने भएको छ। चीनिया अधिकारीहरुले वुहानलाई महामारी नियन्त्रणका लागि उच्च प्राथमिकता राखिएको र नागरिक पनि सतर्क रहनुपर्ने बताएको चीनका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनिहरुले भनेका छन्, नयाँ संक्रमण नदेखिदैमा भाइरसको जोखिम शून्य भएको मान्न नसकिने भएकाले अझै पनि महामारी नियन्त्रण र रोकथाम संकटपूर्ण रहेको छ।