निर्मल पौडेल, पर्वत। विश्वभरि महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) को आशंकामा गण्डकी प्रदेशमा अहिलेसम्म १ सय ८० जनाको नमुना संकलन गरिएको छ। जसमा १ सय ३० जनाको नेगेटिभ २ जनाको पोजेटिभ र ४८ जनाको नतिजा आउन बाँकी रहेको छ।
प्रदेशका ११ जिल्लामध्ये राजधानी पोखराको परीक्षण कक्षमा नमुना संकलन गरिएकोमा कास्कीमा अहिलेसम्म ८४ जनाको परीक्षण गरिएको छ भने पर्वतमा कुल ३२ जनाको संकलन गरिएको छ। कास्कीमा ८४ जनाको नमुना संकलन गरिएकोमा ६६ जनाको नेगेटिभ आएको छ भने १८ जनाको नतिजा आउन वाँकी रहेको छ।
पर्वतमा ३२ जनामा २३ जनाको नेगेटिभ आएको छ भने फलेवासका ९ जनाको रिपोर्ट आउन बाँकी छ। यसैगरी बाग्लुङमा १८ जनाको नमुना परीक्षण गरिएको छ, जसमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुको उपचार धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको छ।
लम्जुङमा संकलन गरिएका ११, म्याग्दीमा ३, गोरखामा २ वटा नमुना संकलन गरिएको छ। यस्तै मुस्ताङ, मनाङ, नवलपुर र तनहुँमा कसैको पनि संकलन गर्न पर्ने स्थिति आएकै छैन। अहिलेसम्म गण्डकी प्रदेशमा नमुना संकलन गरिएकामध्ये १ सय ३० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने पोखरा पठाइएका ४८ वटाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नम्वर ४ को कोरोना विशेष स्वास्थ्य तथ्याङ्कले देखाएको छ।
यसरी हेर्दा नमुना संकलनमा कास्कीपछि पर्वत दोस्रो स्थानमा आएको छ। पर्वतमा रहेका स्वास्थ्यकर्मीको उच्च मेहेनतको कारण पर्वत जिल्ला कोरोना भाइरसको नमुना संकलनमा दोस्रोमा पर्दछ।



लोकपाटी न्यूज

