एजेन्सी। बेलायती क्याबिनेट मन्त्री माइकल गोभ आइसोलेसनमा बसेका छन्। उनको घरका सदस्यलाई कोरोनाभाइरसका लक्षण देखिएको भन्दै उनी आइसोलेसनमा बसेको बताइएको छ।
तर, बेलायती केही मिडियाले उनी स्वयंलाई कोरोना भाइरस संक्रमण भएको दाबी गरेका छन्। बेलायतमा अहिले प्रधानमन्त्री बोरिस जोनसनको अवस्था निकै चिन्ताजनक भएको बताइएको छ।
उनलाई हिजोमात्र आइसियूमा सारिएको थियो। गोभ पनि आइसोलेसनमा भएपछि सरकारी कामहरु अगाडि बढाउन समस्या हुने देखिएको छ।



लोकपाटी न्यूज

