टोकियो, २५ चैत । जापानका प्रधानमन्त्री सिञ्जो आबेले सातवटा राज्यमा आपतकाल घोषणा गरेका छन्। जापानको राजधानी टोकियो, पोर्ट सिटी ओसाकासहितका अन्य पाँचवटा राज्यमा आपतकाल घोषणा गरेका हुन्।
यी सातवटा राज्यमा बुधबारदेखि आपतकाल लागू हुने र अप्रिल अन्तिमसम्म लागू हुने बताइएको छ। यी राज्यहरुका सम्पूर्ण विद्यालय र व्यापार व्यवसायहरु बन्द गरेका छन्।
तर, अधिकारीहरुलाई नागरिकलाई घरभित्रै बस्न बाध्य पार्ने कानूनी हस्तक्षेप गर्न नसक्नेसमेत बताइएको छ। केही चिकित्सा विज्ञहरुले यी राज्यमा आपतकाल धेरै अघि घोषणा गर्नुपर्नेमा ढिलो भइसकेको बताएका छन्। बीबीसी



लोकपाटी न्यूज

