अर्घाखाँची, २४ चैत। सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनको आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिइन्।
उनका तीन छोरी रहेका छन्। हाल उनको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन्।



लोकपाटी न्यूज