काठमाडौं, २४ चैत । यसपटक नयाँ वर्षमा पनि लकडाउन हुने भएको छ। वि.सं. २०७७ साल सुरु हुन अब ६ दिन बाँकी छ। सरकारले लकडाउन अर्को एक हप्ता थप्दैछ।
लकडाउन थपेर जोखिमसँग जुध्ने सरकारको तयारी छ। लकडाउन थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिदैछ। लकडाउन १४ दिन भइसकेपनि कोरोना भाइरसको जोखिम कायमै रहेपछि सरकारले समय थप्न लागेको हो।
यसैगरी, लकडाउन अझ कडा गरिदैछ। विदेशबाट आउनेलाई २१ दिनसम्म क्वारेन्टाइनमा राख्नेदेखि एक स्थानीय निकायबाट अर्कोमा जान नपाउने गरी तयारी गर्न लागिएको छ।
सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ। गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
नेपालमा कोरोना भाइरसका दोस्रो संक्रमित देखिएपछि शुरु गरिएको लकडाउनको पहिलो चरण चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि सकिदैछ। दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो।



लोकपाटी न्यूज
