कुरुक्षेत्रको युद्धबारे छ रोचक तथ्य

Yubraj Acharya
युद्धपछि तेस्रो पुस्तामा द्वापर युग सकियो, कलियुग शुरु भयो। युधिष्ठिरपछि अर्जुनका नाति परीक्षित राजा भए, उनका छोरा जनमेजेय (अर्जुनका छोरा अभिमन्यु, नाति परीक्षित र पनाति जन्मजेय) द्वापर युगका अन्तिम राजा थिए।
लोकपाटी न्यूज

युवराज आचार्य

१‍. कुरुक्षेत्रको युद्ध सकिएको यसपालि ५१३८ वर्ष भयो। त्यो युद्धमा एक अर्व ६६ करोड बीस लाख मान्छे मरे, त्यो मोटामोटी अहिलेको भारत वर्षको जनसङ्ख्या हो। आजका दिन दक्षिण एसियाको जनसङ्ख्या एक अर्व ९३ करोड पचास लाख छ। पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सको छब्बीस/सत्ताइस करोड घटाउँदा महाभारत युद्धमा मरे जति नै छन। हुन त पाकिस्तान र अफ्गानिस्तान पनि तत्कालिन भारत वर्षमै थिए। तर छिट्टै सिकन्दरको कब्जामा गए, पछि फार्सीहरूको, तिनलाई महाभारतको लिगेसीले छुन्नँ।

२. युद्धमा ४७ लाख २३ हजार ९ सय २० सेनाले भाग लिए। युद्धमा कृष्ण, पाण्डवसहित १२ मुख्य पात्र र २,४०,१६५ अरू बाँचे। कौरव पक्षमा ४ जना बाँचे।

३. युद्धपछि तेस्रो पुस्तामा द्वापर युग सकियो, कलियुग शुरु भयो। युधिष्ठिरपछि अर्जुनका नाति परीक्षित राजा भए, उनका छोरा जनमेजेय (अर्जुनका छोरा अभिमन्यु, नाति परीक्षित र पनाति जन्मजेय) द्वापर युगका अन्तिम राजा थिए।

४. अर्जुनका ४ श्रीमति थिए। तर कृष्णकी बहिनी सुभद्रापट्टिका सन्तानको मात्रै वंश कायम भयो, अरूको भएन।

५. प्रतापी परीक्षित महाराज आफ्नो गल्ती बिनै कलिले दिमाग भुटेको एउटा बाहुन केटोको श्रापबाट मरे, फुलभित्र लुकेको सर्पको डसाइबाट। उनका छोरा अन्तिम राजा हुन पुगे।

६. कलिलाई परीक्षितले छुट्याएका ५ ठाउँ यी हुन्ः झुट, नशा, वासना, इष्र्या र दुश्मनी। कलीको बास अहिले सुनमा छ। त्यो यी पाँच व्यवहारभित्र बसेको छ, अहिले त्यसको शिखरमा छ संसार।

(आचार्यको फेसबुक वालबाट।)