बिस्केट जात्रा यो बर्ष नहुने

लोकपाटी न्यूज

काठमाडौं, २४ चैत। कोरोना भाइरसको संक्रमणको जाखिमका कारण हरेक बर्ष भक्तपुरमा हुदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको छ। यी दुवै जात्रा यस वर्षको लागी स्थगित गरिएको हो। यो वर्ष जात्रा नगर्ने तर सामान्य पूजामात्र हुने भएको हो।

यक्ष मल्लको पालादेखि चलेको बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने गरिन्छ । त्यस्तै जिब्रो छेड्ने जात्रा मध्यपुरथिमीको बोडेमा मनाइन्छ। चैत मसान्तबाट सुरु भएर वैशाख संक्रान्ति सम्म मनाउने बिस्केट जात्राको विशेष महत्व छ । भक्तपुर नगर, मध्यपुर थिमि अन्तर्गतका पुराना नेवाः बस्ती नगदेश, बोडे, थिमि, टिगनी, लोकन्थली, सूर्यविनायक नगरपालिका अन्तर्गतका क्षेत्र मध्ये चित्रपुर, पगांडोल, बालकोट तथा काभ्रे जिल्लाको खडकु , काठमाडौंको उत्तरी भेग टोखामा पनि बिस्केट जात्रा मनाइदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्