कोरोना भाइरस विरुद्धको अभियानमा सबैले सहयोग गर्न स्वास्थमन्त्रीको आग्रह

BhanuBhaktaDhakal
लोकपाटी न्यूज

काठमाडौं, २४ चैत। कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन। वसन्त चौधरी फाउन्डेसनले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री बुझ्दै उनले रोग फैलिन नदिन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका हुन्।

कोरोना विरुद्धको अभियानमा सरकारी र गैरसरकारी क्षेत्रबाट सरकारलाई सहयोग उपलब्ध भएको भन्दै उनले यो अभियानमा सबै जुट्नुपर्ने बताए । बसन्त चौधरी फाउन्डेसनले सरकारले स्थापना गरेको भाइरसविरुद्ध लड्न कोरोना कोषमा सहयोग गर्ने बाचा गरेकोे थियो। फाउन्डेसनले रु ५० लाख नगद र बाँकी स्वास्थ्य सामग्री सोमबार ससरकारलाई उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्