बाघलाई पनि देखियो कोरोना भाइरसको संक्रमण

Royal-bengal-tiger
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, २४ चैत। बाघलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले बाघमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो।

यसअघि बेल्जियममा बिरालो तथा हङकङमा कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको दाबी गरिएको छ। बाघलाइ कसरी कोरोना भाइरस सर्यो भन्ने अझै पत्ता नलागेको बताएको छ। चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण नदेखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। लक्षण नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरले अनुमान गरेको छ।