काठमाडौं, २४ चैत। काठमाडौं उपत्यकाका एम्बुलेन्स ड्राइभरहरुलाई महावीर पुनले आज निशुल्क पीपीई बितरण गर्ने भएका छन्। एम्बुलेन्स ड्राइभरहरुले पीपीई नभएको हुनाले अति आबश्यक एम्बुलेन्स गाडी चलाउन नमानेको भन्ने समाचार सार्वजनिक भएपुनले आफ्नो आबिष्कार केन्द्रबाट पीपीइ बितरण गर्ने जानकारी दिएका हुन।
एम्बुलेन्स ड्राइभरहरुले पीपीइको अभावमा एम्बुलेन्स चलाउन नमानेका खवर सार्वजनिक भएलगत्तै पुनले आफ्नो आबिष्कार केन्द्रबाट पीपीइ बितरण गर्ने जानकारी दिएका छन्। उनले समाजिक संजलमार्फत सूचना जारी गर्दै आफुले चलाउने एम्बुलेन्स र लाइसेन्स लिएर किर्तिपुरस्थित राष्ट्रिय आबिष्कार केन्द्रमा आउन आह्वान गरेका छन्। आज दुई बजेपछि एम्बुलेन्ससहित केन्द्रमा आउने ड्राइभरलाई एकथान निशुल्क पीपीइ दिने उनले घोषणा गरेका छन्। अन्य जिल्लाका एम्बुलेन्स ड्राइभरहरुलाई अभावको कारणले अहिले पीपीआइ उपलब्ध गराउन नसकिएको पनि उनले उल्लेख गरेका छन।



लोकपाटी न्यूज