अमेरिकामा कोरोना संक्रमणबाट चार नेपालीको मृत्यु

death
लोकपाटी न्यूज

काठमाडौं, २४ चैत। अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसका कारण चार जना नेपालीको मृत्यु भएको छ । मृतक अजयमान छोँचू, थोक्मे विष्ट, सोनाम लामा र निमा तेम्बा शेर्पा हुन्। गत हप्ता एक जना नेपाली ५० वर्षीय अनिल लिम्बूको मृत्यु भएको थियो। मृतकमध्ये एक जनाको अ‚पतालमा र अन्य तीन जनाको कोठामा निधन भएको नेपाली महावाणिज्यदूतका कन्सुलर पुष्पराज भट्टराईले बताए।

अस्पतालमा शनिबार ज्यान गुमाएका काठमाडौँ झोँछेका नेपाली अजयमान छोँचू हुन्। न्यूयोर्कका सामाजिक सङ्घसंस्थामा पनि सक्रिय छोँचू सरस्वती क्याम्पसमा केही वर्ष प्राध्यापन पेसामा संलग्न थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्