बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

boris-jonson bretain
लोकपाटी न्यूज

काठमाडौं, २४ चैत। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना भएका छन। डाक्टरको सल्लाहपछि उनलाई अस्पताल भर्ना गरिएको हो । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्रीको केही परीक्षण गर्नुपर्ने भएकाले उनलाई अस्पताल पु¥याइएको हो। सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ ।

बोरिसमा १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो। त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् तर उनले आइसोलेसनबाटै आफ्नो कामकारवाहीलाई निरन्तरता दिदै आएका थिए। विभिन्न सावधानी अपनाउँदासमेत कोरोनाभाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ।