काठमाडौं, २४ चैत। पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ। लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य भएको छ। ग्यास सहज भएको छ । ग्यास अभावको समस्या छिटो व्यवस्थापन गर्न सफल भएको निगमको दाबी छ।
कलडाउन सुरु भएपछि पेट्रोल तथा डिजेलको बिक्री वितरण घटेको छ । सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नभएपछि पेट्रोल तथा डिजेलको खपत ठप्पैजस्तो छ । पम्पहरूले आलोपालो गरेर बिक्री वितरण गरेका छन् । माग नभएपछि पेट्रोल डिजलको आपूर्तिमा निगमले त्यति चासो दिनुपरेको छैन । लकडाउनको समयमा पनि पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेको छ ।



लोकपाटी न्यूज