काठमाडौं, २३ चैत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद तुल्सी थापाले सरकारले कोरोना भाइरस कोभिड-१९ को उपचार गर्ने डाक्टरहरुको सुरक्षार्थ, पीपीई, मास्क, ग्लोव, डिजीटल थर्मामिटरलगायत अति आवश्यक सामग्री सबै ठाउँमा तुरुन्त उपलब्ध गराउनुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै सांसद थापाले स्थानीय सरकारलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिएकी छन्।
सांसद थापाले जनतालाई समस्या कहाँ कसरी भइरहेको छ वास्तविक जानकारी सम्बन्धित निकाय समक्ष जानकारी गराई सहयोग गर्न समेत अपिल गरेकी छन्। उनले कोरोना भाइरसबारे बढि हो हल्ला गर्नुभन्दा सचेत भई भारइसबाट जोगिन सबैलाई आग्रह गरिन्।
सांसद थापाले लेखेकी छन्, ‘जनताबीच क्वारेन्टाईन र आइसोलेशन बस्नु पर्ने अपरिहार्यताबारे बुझाएर काडाईका साथ लागू गर्नुपर्ने कुराको बोध गराउ पर्यो। कोरोना भाइरस आयो आयो। कोही डरले मर्नेभए, कोही अटेरी गरेर, कोही नजानेर, कोही जाने पनि नजान्ने बनेर। लौन हामी घरभित्र त बसेका छौं तर मन चैं सांच्चै पाकी रहेको छ। हामीले अथवा मैले के गर्ने ? कसले कसलाई बुभ्ने ? कसरी बुझाउने ? जहाँ जुन ठाउँमा जस्ले गल्ति गरेको थाह पाँऊ छ। त्यही ठाउँबाट कारबाही गरौं।’




लोकपाटी न्यूज

