काठमाडौं, २३ चैत। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैध किरणले सरकारको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेको छन्। वैद्यले आइतबार एक विज्ञप्ति जारी गर्दै महामारीबाट बच्नका लागि बाहिरबाट नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखी सङ्क्रमितहरुको पहिचान गर्ने र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने सुझाव दिंदा पनि सरकारले त्यसको पुरै वेवास्ता गरेका कारण अहिले यो स्थिति पैदा भएको बताएका छन्। सरकारले लापरवाही र गैर जिम्मेवारीपूर्ण रवैया देखाएको भन्दै उनले त्यसको भत्सर्ना गरेका पनि गरेका छन्।
‘बागलुङ्बाट पोखरा ल्याई गण्डकी अस्पतालको बाहिर प्राङ्गणमा राखिएका ज्वरोको बिरामीले डाक्टर भेट्नका निम्ति करिब १५ घण्टासम्म पर्खिनु परेको कुराले स्थितिको गम्भीरतालाई दर्शाउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई टुलुटुलु हेरेर बस्ने सरकारको निरीहताप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’
दुवै थरी निजी तथा सरकारी अस्पतालहरुका लागि पर्याप्त सुरक्षा उपकरणहरु उपलव्ध गराउन, सङ्क्रमित विरामीको सम्पर्कमा आउने सम्पूर्ण स्वास्थ्य कर्मीहरुको जीवन विमा गरिदिन, अविलम्व आम जनतासम्म पुग्ने गरी भाइरसजन्य प्रकोपको परीक्षण गराउन र महामारी रोकथामका लागि आफ्नो जिम्मेवारी पुरा गर्न तयार नहुने जुनसुकै अस्पताललाई खारेज गर्न र यो भीषण लडाइँमा साथ नदिने जो सुकैलाई पनि यथोचित सजाय दिन सरकार तयार हुन उनले सरकालाई आग्रह गरेका छन । पछिल्लो समय केही सरकारी तथा निजी अस्पताल आफ्नो कर्तव्य निर्वाह गर्न चुकेकाले तिनीहरूमाथि कारबाही गर्नुपर्ने माग पनि वैद्यको छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2020/04/mohan-.pdf” download=”all”]



लोकपाटी न्यूज

