परासी बजार दिउसो ११ बजे देखि २ बजे सम्म मात्रै खुल्ने

लोकपाटी न्यूज

परासी, २३ चैत्र। परासीमा साझ पख हुने भिडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आज आइतबारदेखि लकडाउनलाई थप कडाई गरेको छ । तरकारी लगायत अत्यवाश्यक सामान खरिद गर्ने भन्दै भिडभाड बढेपछि पश्चिम नवलपरासीको सदरमुकाम समेत रहेको परासी बजार क्षेत्रमा दिउसो ११ बजे देखि २ बजे सम्म मात्रै तरकारी सहित दैनिक उपभोग्य समाग्रिका पसल खोल्न अनुमति दिईएको छ।

यसअघि चौबिसै घण्टा खाद्यन्न र तरकारी पसल खोल्न दिएको थियो । अब उनीहरुका लागि निश्चिम समय सीमा तोकिएको छ । पहिलो चरणमा परासी सदरमुकाम क्षेत्रका खाद्यन्न र तरकारी पसल खोल्ने समय दिउँसो ११ बजेदेखि २ बजेसम्म तोकिएको छ क्रमशः यो समय तालिका अन्य बजार क्षेत्र र स्थानीय तहमा लागु गरिने प्रहरी उपरिक्षक आचार्यले बताए। अब तिन घण्टा बाहेकको समयमा औषधि पसल बाहेक कुनै पनि पसल व्यवसाय खोल्न पाईने छैन्।

भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समयमा थप कडाई हो। तरकारी र खाद्यन्न खरिद गर्ने बहानामा साँझपख भिडभाड बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए।यसअघि विभिन्न बहाना बनाएर बजार क्षेत्रमा निस्कने सर्वसाधारणलाई सम्झाई बुझाई छाडिएपनि अब भने पक्राउ गरी कानुनअनुसार कारबाही गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ।

सरकारले लकडाउनलाई कडाईगर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थाीय तहदेखि अर्को स्थानीय तहको आवतजावतलाई रोक गरेसंगै जिल्ला सुरक्षा समितिले जिल्लाको लकडाउनलाई कडाई गर्दै लगेको हो । सरकारले गरेको निर्णायअनुसार पनि थप कडाई गरिने उहाँले जानकारी दिनुभएको छ । मानिस आफै सचेत हुनुपर्नेमा जबरजस्ती सम्झाउनुपर्ने बाध्यता रहेको बताउदै अब कडाई गर्नुको विकल्प नभएको आचार्यले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्