काठमाडौं, २३ चैत। युक्रेनकी एक महिलाको बच्चा जन्माएको केहि समयपछि नै कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। ३६ बर्षीया गालिना नामक ती महिलालाई पश्चिमी युक्रेनमा रहेको इभानो–फ्रांकिव्स्क शहरको प्रसूतिगृहमा राखिएको थियो। मार्च १० मा उनलाई प्रसूती घृहमा भर्ना गरिएको थियो। उनलाई प्रसूतीघृहमा नै कोरोना संक्रमण भएको थियो। शूरुमा भाइरसको कुनै लक्षण नदेखिएपनि १९ दिन बस्दा उनी गम्भीर बिरामी भएकी थिइन।
अस्पतालका स्वास्थ्य अधिकारीहरुले उनको स्वास्थ्य २९ मार्चमा बिग्रिएको बताएका छन। उनिहरुका अनुसार उनको रगतमा अक्सिजनको मात्रा घटेको थियो साथै उनलाई १०२ ज्वरो आयो। उनलाई सास फेर्न गाह्रो हुन थाल्यो र निमोनिया पनि लाग्यो, पछि उनलाई कोरोनाभाइरस पोजिटिभ पाइएको थियो।
मार्च २९ मा नै गालिनाले साढे २ किलोकी स्वस्थ बालिकालाई जन्म दिएकी थिइन।उनको स्वास्थ्यस्थिति बिग्रिएपछि सघन उपचार कक्षमा लगियो र भेन्टिलेटरमा राखियो। गालिानालाई प्रसूतिगृहमै कोरोनाभाइरस लागेको र त्यहाँका कर्मचारीको हेल्चेक्य्राइँका कारण उनको मृत्यु भएको आरोप उनका आफन्तहरुले लगाएका छन। स्वास्थ्यकर्मीहरूले सुरक्षा उपकरण नलगाएको उनिहरुको भनाइ छ।



लोकपाटी न्यूज

