कोरोना अपडेटः ६४ हजार ७ सय भन्दा बढिको मृत्यु

लोकपाटी न्यूज

काठमाडौं,२३ चैत। विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट आइतवार दिउँसोसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७४३ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो १२ बजेसम्मको विवरणअनुसार संसारभरि १२ लाख ३ हजार १०१ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन्।
संक्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार ७५३ जना उपचारपछि घर फर्किएका छन् भने ८ लाख ९१ हजार ६०५ व्यक्ति हाल उपचाररत छन् ।

चीनको हुपेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाइ डब्लुएचओले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजार ६३२ संक्रमित छन् । स्पेनमा ११ हजार ९४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढीसङक्रमित रहेका छन्।

कोरोना भाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ८ हजार ४५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजारभन्दा बढी संक्रमित छन्। कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कुल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्