क्यान्सर उपचार गराउन आउनेको संख्या बढ्यो

लोकपाटी न्यूज

झापा, २३ चैत। विश्वव्यापी रुपमा फैलिरहेका कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागी सरकारले लकडाउनको घोषणा गरेका छ जसका कारण कतिपय दीर्घरोगी अस्पताल जान पाएका छैनन भने कतिपयको उपचारमा समस्या देखिएको छ। दीर्घरोगीहरुको अवस्था नाजुक बन्दै गएको स्थितीमा झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा भने क्यान्सर बिरामीको संख्या बढेको छ। अन्य दिनमा समान्यतया २० जनासम्म क्यान्सर बिरामी हेर्दै आएको अस्पतालले हाल दैनिक २५ देखि २८ जनासम्म हेर्ने गरेको छ।

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.वीरेन्द्र यादवका अनुसार बिरामी पहिले झापालगायत छिमेकी जिल्लाबाट आउँथे भने लकडाउनपछि काठमाडौं र दिल्लीमा केमो, रेडिएसन लिइराखेका बिरामीसमेत आउन थालेका छन्। रेडिएसन चलाउनुपर्ने बिरामीलाई उनीहरुको कार्यतालिकाअनुसार नै चलाइरहेको उनले बताए । त्यस्तै बहिरंगमा आउने बिरामीहरुलाई पनि उनिहरुको समस्या अनुसार उपचार भैरहेको उनले जानकारी दिए।

‘अस्पतालमा क्यान्सरका बिरामी पहिला झापालगायत छिमेकी जिल्लाबाट आउँथे’, उनले भने, ‘लकडाउनपछि काठमाडौं र दिल्लीमा केमो, रेडिएसन लिइराखेका बिरामीसमेत आउन थालेकाले बिरामीको संख्या बढेको हो।’
अस्पतालमा उपचार गरिरहेका बिरामीहरु लकडाउनका कारण काठमाडौं जान नसकेपछि पूर्वाञ्चल अस्पताल आइपुगेको बताछन।

क्यान्सर लागेपछि बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। बिरामीमा प्लेटलेट कम हुनाले उनीहरुमा सामान्य ज्वरो आउने गर्छ। क्यान्सर भयावह रोग भएकाले यसको उपचार कोरोनाका कारण नरोक्ने डा. यादव वताउछन। क्यान्सरका बिरामीलाई १ मिनेटमा रेडिएसन दिन सक्ने ‘ट्रयू बिम लिनियर एक्सेलेटर’ मेसिन सहितको सेवा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले गत पुस १६ गतेबाट सेवा सुरु गरेको हो । ३ सय शैय्याको यो अस्पताल चार सय करोड लगानीमा सञ्चालनमा आएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्