राजेन्द्र बिक/ बाजुरा, २२ चैत। बाजुरा जिल्लामा लकडाउन उल्लंघन गर्ने ३८ जना कारबाहीमा परेका छन्। लकडाउनको उल्लंघन गर्ने १ जिप र १० ओटा मोटर साइकल चालकलाई प्रहरीको नियन्त्रणमा रहेका छन्।
त्यसैगरि लकडाउनको समयमा जिल्लाका विभिन्न ठाउँमा खटिएको प्रहरी गस्तीले १ हजार ७ सय ९२ लिटर घरेलु मदिरा ८० पेटी सौफी र ओरेन्ज नामक रक्सी समेत नस्ट गरेको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए।यस्तै, पड्काउन तयारी अवस्थामा रहेको भरूवा बन्दुकसहित एक जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बडिमालिका नगरपालिका वडा नं. ८ बागडाँडामा बस्ने वर्ष ५० को मन्नाम थापा रहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए। गस्तीमा रहेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भरूवा बन्दुक एक थान सरीया काटेर तयार पारिएको गोली, बारूद, केपसहित पक्राउ गरीएको जनाइएको छ। पक्राउ परेका थापामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज
