अरवको लाहुरेको तीतो यथार्थ

bidesh
लोकपाटी न्यूज

 याम सुवेदी

कुरो सन् २००५ तिरको एउटा कृषकको छोरो एसएलसी पासपछि कनिकुथी पढ्न पाएको सिटिइ भिटिमार्फत् सञ्चालित प्राविधिक शिक्षालयबाट सिएमए फस्ट डिभिजन उत्तिर्ण नेपालको बेरोजगार युवा म। जागिर खोज्न नेपालका कुना कन्दरा नधाएको पनि कहाँ हो र तर,  असफल व्यक्ति अब त्यति बेला अरवको लाहुरेको निकै हाली मुहाली गाउँ घर तिर यसो सोचियो दाम पनि कमाइने इज्जत पनि राम्रै देखियो।

उ बेला लागियो एक महिने भिजिट भिसामा युएई तिर त्यहाँ पुगेपछि सुरु भयो संघर्ष जागिर कै एक महिनाभित्र स्पोन्सर खोजेर भिसा लगाउनु पर्ने अवस्था। किनकी भिजिटमा गएको मान्छे एक महिना निकै छोटो समय त्यसमा पनि बिरानो मुलुक पत्रपत्रीका हेर्‍यो यसो एडभरटाइज हेर्‍यो फोन गर्‍यो अन्तर्वाता दियो त्यहाँ पनि लिगल रुपमा जागिर गर्ने अवसर मिलेन। एक महिना बित्यो भिजिटको मिति नाघ्यो अब के गर्ने एक लाख लोन लिएर दुबै कुदेको मान्छे त्यो बेलाको एक लाख भनेको अहिलेका महानगरका एउटा घडेरीको मूल्य थियो।

घर फर्कियौ सम्पती सकियो, उता बसौं भिसा छैन बसे इल्लिगल भैन्छ युएई सिआइडिको तारो र पनि हिम्मत गरियो इल्लिगल नै भए पनि बस्ने निर्णय मा पुगियो। अब सुरु भयो दुःखद र कहाली लाग्दो मेरो युएइको छ वर्षे इल्लिगल यात्रा। एउटा गाउँ तिर का साथी थिए उनको कन्ट्याक नम्बर थियो मसँग सम्पर्क गरे उनको कम्पनीमा थोरै तलब भएर धेरै कमाउनी कम्पनी छोडेर भागेका एक जना उनका रुम पार्टनरको सम्पर्क नं रहेछ उनी सँग त्यो नम्बर उपलब्ध गराए उनले फोन गरे उनी पोखरा तिरका रहेछन्।

काम पाइन्छ घण्टाको छ दिरामको दरमा १० घण्टा काम गर्दा दैनिक ५० दिराम कमाइने कुरो उनले राखे। इल्लिगल बसेर ज्यान जोखिममा हाल्दा पनि खुशीको सीमा रहेन लागे। उनले बोलाए बमोजिम काम गर्न सुरु गरियो ऊ बेला मासिक २५ र ३० हजार घरमा पठाउन थाले घरको व्यवस्था सुधारिन थाल्यो। लिएको लोन पनि तिरियो जेन तेन दुई वर्ष जति बित्यो पत्तै भएन त्यसपछि शुरु भो फेरि अर्को दर्दनाक पीडा जुन पिडा अहिलेको कोरोनाले गर्दा सम्झिएको छु।

मैले त्यसतर्फ हाम्रो नेपाल सरकारको ध्यान पुगेको होलाकी नहोला ? युएइ को दुतावास ले ध्यान दिएको होला कि नहोला ? त्यसतर्फ ध्यान जानू जरुरी छ नत्र कोरोनाको चपेटामा लाखौ नेपालीहरु अरबको खाडिमा भोकले छटपटाइ रहेका हुनेछन। मैले युएइमा भोगेको दर्दनाक पीडा यहाँ प्रस्तुत गर्न चाहुन्छु। जसले सरकारको ध्यान त्यहाँ पनि पुग्न सकोस्।

युएइको नियम कानून अनुसार हरेक छ वर्षको अन्तरालमा इल्लिगल बसेका श्रमिकहरुलाई मध्यनजर गर्दै आउट पास खुल्ने गर्छ। त्यो तीन महिने अवधि हुन्छ, त्यसमा घर फर्किन चाहनेहरु फर्किन सक्छन्। यदि प्लेन टिकट आफूसँग भएको खण्डमा अनि त्यहाँको सरकारले इल्लिगल श्रमिक हटाउनको लागि निकै कठोर कदम चालेको हुन्छ।कामदारलाई केहि गर्दैन तर काम दिने कम्पनीलाई एक इल्लिगल कामदार बराबर ५० हजार दिराम जरिवाना गर्छ।
चेकिङ निकै चुस्त दुरुस्त हुने गर्छ पत्तो नलाग्ने सम्भावनानै हुँदैन।

त्यसैले त्यो बेला सम्पूर्ण इल्लिगल काम दार सडकमा आइपुग्छन घरधनीले बिना आइडी रुम दिए पनि जरिवाना त्यस्तै हुने गर्छ। तसर्थ हरेक इल्लिगल कामदार सडकमा आउनुको बिकल्प छैन। म पनि सन् २००७ को युएइ आउट पासमा वर दुबइ छेउको क्रीक पार्कमा दस दिन व्यतित गरेको थिए। जुन बेला मसँग साथमा सय दिराम पनि थिएन।
हरेक अरबमा काम गर्नेहरु साथ पैसाको जोहो गरेर बस्दैनन्।

किनकी सेलरी आएपछि ५०\६० दिराम राख्ने अरु घर पठाउने बानी हुन्छ। मेरो पनि अवस्था त्यहि थियो क्रीक पार्कमा दस दिन बिताउदा एक जना शशिकला भन्ने इन्डियन डा.थिइन्। उनले बिहानको एक छाक खाना दाल र भात लगेर दिने गर्थिन्। पार्कमै उनले युएइ सरकारसँग समन्वय गरेर त्यो कार्य गर्न पाएकी थिइन। धेरैको उद्धार भएको थियो बिहानको खाना त त्यसरी हुन्थ्यो।

अब बेलुका कसरी गुजारा गर्ने पार्क सामुन्द्रिक किनारमा थियो फाइब स्टार होटलका सीपहरु पर्यटक बोकेर आउने गर्थे।
त्यहाँ बचेको खाना बाड्ने गर्थे त्यसरी चलेको थियो त्यहाँ भएका इल्लिगल नेपाली इन्डियन बंगाली श्रीलंकन र पाकिस्तानीहरुको जनजिबन म अलि भिन्दै प्रकारको थिए। करिब दस दिन गुजारेपछि ती इन्डियन डा. शशिकलाको मन जित्न सफल भए आफूसँग लागिन र नेपालीहरुको पहिचान गर्ने र खाना बाड्ने खालको जिम्मेवारी दिइन्।

दस दिनपछिका दिनहरु तीन महिना ती डा. को साथमा खाना बाँडेर बिते, त्यसपछि आउट पास सकियो कामहरु पाइन् थाले अनि पुनः हामी यथावतस्थितीमा फर्कियौ। यो स्मरण गरेर यहाँ प्रस्तुत गर्नुको मेरो उद्देश्य उ बेला हामी घर आउने चहाना भए आउँन सक्ने अवस्था थियो। र पनि त्यो भयावह स्थितीमा गुज्रिएका थियांै भने अहिले त कोरोना महामारी देश विदेश सबै तिर लकडाउन बेरोजगार अरबका इल्लिगल नेपालीको स्थिती कति भयावह होला ? यो सजिलै आँकलन गर्न सकिने कुरा हो त्यसैले नेपाल सरकार र सम्बन्धित देशका दूतावासहरुको यसतर्फ ध्यान जाओस् भनेर मेरो स्मरण र वर्तमान परिवेशमा।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्