लकडाउनमा जन्मिएका जुम्ल्याहाको नाम राखियो ‘कोभिड’ र ‘कोरोना’

लोकपाटी न्यूज

काठमाडौं, २१ चैत। भारतमा लकडाउनको समयमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखिएको छ। भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहाको नाम कोरोना र कोभिड राखिएको हो। भारतमा जारी लकडाउनको समयमा जुम्ल्याहा बालक र बालिका जन्मिएका हुन । बालकको नाम कोभिड राखिएको छ भने बालिकाको नाम कोराना राखिएको छ।

विश्वले अप्ठेरो भोगिरहेको समयमा जन्मिएका त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको उनिहरुका अभिभावकले बताएका छन। ती जुम्ल्याहा रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पतालमा जन्मिएका हुन। अस्पतालले आमा र सन्तान दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको र हालै डिस्चार्ज भएको बताएको छ। स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ती जुम्ल्याहाकी आमाले बच्चा जन्माउँदा निकै कठिनाइ भएको बताइन्। उनले मार्च २७ मा जुम्ल्याहा जन्माएकी थिइन्।