जनकल्याण बहुउद्देश्य सहकारीद्वारा दैवि प्रकोप उद्धार कोषमा आर्थिक सहयोग

sunwal
लोकपाटी न्यूज

रमेश भुसाल/ सुनवल, २१ चैत। जनकल्याण बहुउद्देश्य सहकारी संस्था सुनवल ६ विसासयले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुनवल नगरपालिकाको दैवी प्रकोप उद्धार विशेष केषमा रु २५ हजार ५ सय २५ रुपैंयाँ सहयोग रकम प्रदान गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलीएको कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि शुक्रबार उक्त सहयोग रकम बरावरको चेक सुनवल नगरपालिकाका नगरप्रमूख भिम बहादुर थापालाई हस्तान्तरण गरेको संस्थाका कोषाध्यक्ष रमेश भुसालले जानकारी दिए।

कार्यसमिति तथा लेखासमितिको मासिक रुपमा हुने १ पटकको बैठक भत्ता, कर्मचारीको १ दिन बरावरको तलव र संस्थाको कल्याणकारी कोषबाट गरी उक्त सहयोग रकम बरावरको चेक हस्तान्तरण गरेको जनकल्याण वहुउद्देश्य सहकारी संस्थाका सचिव ओमकान्त तिमिल्सीनाले जानकारी दिए। कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनकल्याण वहुउद्देश्य सहकारी संस्थाले आफ्ना सवै शेयर सदस्यहरुलाई सचेत गराई यस क्षेत्रलाई नै कोरोना भाइरस मुक्त गराउनका निम्ती पहल गरिरहेको र सुनवल नगरपालिकाको दैवि प्रकोप उद्धार विशेष कोषमा पनि सहयोग गरेको संस्थाका उपाध्यक्ष पदम प्रासाद काफ्ले जानकारी दिए।

संकलन र वितरण प्रणालीलाई पारदर्शिता बनाउनुपर्नेमा जोड दिँदै विश्वभरी फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यतिबेला सबै एक जुटभै सहयोग र सहकार्यवाट अगाडि वढ्नु मात्रै विकल्प रहेको यस अवस्थामा जनकल्याण वहुउद्देश्य सहकारी संस्था सुनवल ६ विसासयले पनि सुनवल नगरपालकाको दैवी प्रकोप उद्धार विशेष कोष मार्फत सहयोग गरेको संस्थाका अध्यक्ष थान प्रसाद गैरेले बताए।

त्यस्तै सुनवल नगरपालकाले पनि आफ्नो नगरलाई कोरोना भाइरस मुक्त गराउनका निम्ति कोरोना भाइरस विरुद्धका विभिन्न अभियानहरुलाई सुरुदेखि नै तिव्रता दिदै आएको छ। जिल्लामा सवै भन्दा ठूलो र व्यवस्थित क्वारेन्टाईन निर्माण, लकडाउनको पालना र राहत संकलन एवं वितरणलाई प्रभावकारी रुपमा अगाडि वढाउनका निम्ति सुनवल नगरपालिकाका नगर प्रमूख र उप्रमूख, वडाध्यक्षहरु, साथै सवै जनप्रतिनिधिहरु दिनरात नभनि लागि परेका छन।

यस अभियानमा सवैको साथ र सहयोगको अपेक्षा गरको सुनवल नगरपालिकाका उपप्रमूख दधिराम अर्यालले बताए। कोरोना भाइरस नियन्त्रण र रोकथामको उपाय भनेकौ सामाजिक दुरी कायम गर्ने भन्दै सुनवल नगरपालकालाई कोरोनाभाइरस मुक्त गराउने अभियानमा सुनवल नगरपालिका अहिले सम्म सफल रहेका सुनवल नगरपालिकाका नगरप्रमूख भिम वहादुर थापाको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्