आइतबार राती ९ बजे ९ मिनेट मैनबत्ती, दियो वा मोवाइलको फ्ल्यास लाइट बाल्न मोदीको अनुरोध 

Narendra-Modi
लोकपाटी न्यूज

काठमाडौं, २१ चैत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने आइतबार बेलुका ९ बजे देशभर सबैजनालाई एकैसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोवाइलको फ्ल्यास लाइट बाल्न अनुरोध गरेका छन । उनले ९ बजे राती एकअर्काबिच दूरी कायम गरी  ९ मिनेटसम्म मैनबत्ती, दियो वा मोवाइलको फ्ल्यास लाइट बाल्न अनुरोध गरेका हुन।

मोदीले शुक्रबार बिहान गरिएको भिडियो सन्देशमा महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई आशातर्फ लैजानुपर्ने धारणा व्यक्त गरेका छन्। कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै, मोदीले यसलाई सबैको ऐक्यवद्धताको रुपमा अर्थ्याएका छन्।

उनले भने, ‘यो संकटका कारण जुन अन्धकार र अनिश्चितता पैदा भएको छ त्यो चिर्दै उज्यालोतर्फ लम्कनुुछ । यसलाई पराजित गरेर प्रकाशको तेजलाई चारै दिशामा फैलाउनु छ त्यसकारण आइतबार (अप्रिल ५)मा हामी सबै मिलेर कोरोनाको संकटको अन्धकारलाई चुनौती दिनुछ।’

भारतमा कोरोना भाइरसबाट ५० जनाभन्दा बढिको ज्यान गइसकेको छ भने  झन्डै १ हजार ८०० स‌ंक्रमित भएको छन ।