काठमाडौं, २१ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सार्वजनिक खरिद बिक्रीको काममा सेनालाई जिम्मा दिदा सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित हुने बताएका छन । बिहीबार ट्विटरमा लेख्दै उनले सार्वजनिक खरीद विक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त नहुने सुझाब दिएका हुन।
सरकारले अत्यावश्यकीय मेडिकल सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने तयारी गरिरहेको बेला थापाले यस्तो सुझाब दिएका हुन। ‘सार्वजनिक खरीद विक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुंदैन।’, उनले लेखेका छन्, ‘त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ। मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छौं।’ सेनाको कार्यक्षेत्रबाहिरको काममा सेना स्वयंले पनि रुचि देखाउन नहुने थापाको मत छ ।



लोकपाटी न्यूज

