एकद्वार प्रणालीबाट राहत बितरण गर्न प्रजिअकाे आग्रह

cdo sap parbat kalpana nepal
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत,२० चैत। पर्वतका प्रमूख जिल्ला अधिकारी  कल्पना घिमिरे नेपालले लकडाउनको बेला जिल्लाका स्थानीय तहहरुमा गरिरहेको राहत बितरणलाई एकद्वार प्रणालीबाट बितरण गर्न आग्रह गरेकी छन्। विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ कारण निम्तिको यो विषम परिस्थितीमा गरीब तथा मजदुर परिवारमा गरिने राहत बितरण एकद्धार प्रणालीबाट गर्न आग्रह गरेकी हुन्।

लोकपार्टी सम्वाददातासँग कुराकानी गर्दै प्रमूख जिल्ला अधिकारी नेपालले कुनैपनि व्यक्ति विशेष तथा संस्थाहरुले जिल्लाका विभिन्न ठाउँका विपतमा परेकाहरुलाई राहत बितरण गर्दा सम्बन्धीत स्थानीय तहहरुको विपत व्यवस्थापन राहत कोष तथा राहत बैंकमार्फत् गर्न आग्रह गरेकी हुन्। विपत व्यवस्थापन तथा राहत वितरणको जिम्मेवारी सरकारले स्थानीय तहरुलाई दिएकोले स्थानीयले आफ्नो सहि निर्णय अनुसार अगाडि बढ्नुपर्ने बताइन्।

सुरक्षाको हिसाबमा एम्वुलेन्स, सुरक्षाकर्मीका गाडी, फलफूल दुध तथा तरकारी वाहेक अन्य यातायातसमेत सञ्चालन नभएको प्रमूख जिल्ला अधिकारी नेपालको भनाइ छ। जिल्लाको फलेवास नगरपालिका र जलजला गाउँपालिकामा आफूनै पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएको र अन्य स्थानीयतहको अवस्था पनि सामान्य रहेको जानकारी दिइन्। विपत व्यवस्थापनको लागि आफ्नो अध्यक्षतामा जिल्लाका अन्य जनप्रतिनिधि, पत्रकार, स्वास्थ्य प्रमूख, उद्योगी तथा अन्य सरोकारवाला निकायको बिचमा कसरी विपतको सामना गर्न सकिन्छ ? कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको र प्रशासनले सर्तकता र सजगताका लागि सूचनानै प्रकाशन गरेको जानकारी दिइन्।

साथै सम्पूर्ण जिल्लाबासीले नेपाल सरकारले गरेको लकडाउनको पूर्ण पालना गरी सचेत नागरिकले आफ्नो कर्तव्य पालना गर्नुपर्ने भन्दै आफूले पनि जिल्लाका स्थानीयतहसँग समन्वय गरी उच्च सर्तकताका साथ कदम अगाडि बढाइरहेको जानकारी दिइन्।  लकडाउनको अवज्ञा गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने नेपालले चेतावनी दिइन्। जिल्लामा ३ सय ६३ क्वारेन्टाईन र आईसोलेसनको व्यवस्थसँगै तत्काल उपचारका लागि कोरोना अस्पतालको निर्माण गरिएको समेत जानकारी दिइन्। फलेवासको क्वारेन्टाइनमा ३ जना र विहादीमा २ जना गरी ५ जना रहेको जानकारी दिइन्। अहिले जिल्लामा बाहिर विदेशबाट आउने तथा अन्य जिल्लाहरुबाट आएकाहरुको खोजिकार्य भैरहेको जानकारी गराइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्