दीर्घरोगी, गर्भवती र सुत्केरीलाई पनि विदा नदिनू : स्वास्थ्य मन्त्रालय

लोकपाटी न्यूज

काठमाडौं, २० चैत। सरकारले कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोडी नियमित उपस्थित हुन पत्राचार गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार (आज) एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिको परिस्थितिमा देशभरका स्वास्थ्य सेवालाई सुचारु गर्नका लागि कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन भनिएको हो।

‘स्वास्थ्य सेवा विभागले दीर्घरोगी, गर्भवती एवं सुत्केरी महिलाहरुलाई कोभिड-१९ को बिरमीको प्रत्यक्ष उपचारमा नखटाउनका लागि गरिएको परिपत्रमा मन्त्रालयको ध्यानाकर्षण भएको छ। सूचनामा भनिएको छ, उत्त परिपत्रमा जेसुकै लेखिएको भए पनि कुनै पनि कर्मचारीलाई विदा र काजमा नछोडी नियमित रुपमा नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन यो सूचना जारी गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्