बर्दिया, २० चैत। अनेरास्ववियू जिल्ला कमिटी सदस्य तथा समाजसेवी एवं युवा उद्यमी गणेश यादवले बिपन्न २५ घर परिवारलाई खाद्ययान्न वितरण गरेका छन्। कोरोना भाइरस कोभिड-१९ फैलिन नदिन उच्च सर्तकता अपनाउन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका गुलरिया ७ का बिपन्न मजदुर परिवारलाई बुधबार यादवले राहत वितरण गरेका हुन्।
यादवले प्रत्येक परिवारलाई ५ किलो चामल, १ किलो नुन, ५०० ग्राम दाल, २५० Ml तोरीको तेल, साबुन र मेडिकल सर्जिकल मास्क वितरण गरेका प्रवेश महत क्षेत्रीले जानकारी दिए। लकडाउनका कारण देशका विभिन्न जिल्लामा मजदुरी गरेर खाने श्रमिकको दैनिकी नाजुक बन्दै गैरहेको छ।
बर्दियामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले लकडाउन कडाईका साथ कार्यान्वयन गराएका छन्। यतिबेला, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को महामारीले विश्व आक्रान्त बनेको छ।




लोकपाटी न्यूज
