इजरायलका स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमिण देखियो

लोकपाटी न्यूज

काठमाडौं, २० चैत। इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यान र उनकी श्रीमतीलाई कोरोना भाइरको संक्रमण देखिएको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले बुधबार राती स्वास्थ्य मन्त्री र उनको श्रीमतीलाई कोरोना भाइरसको संकमण देखिएको बताएको हो । उनिहरु दुबै अहिले सरकारी निर्देशिका बमोजिम ‘आइसोलेसन’मा रहेको पनि त्यहाको स्वास्थ्य मन्त्रालयले बताएको टाईम्स अफ इजरायले उल्लेख गरेको छ।

७१ वर्षीय याकोभ लिजम्यान कोरोना भाइरस संक्रमित सबैभन्दा बरिष्ठ अधिकारी हुन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी रहेका उनि यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गर्थे । लिजम्यानको स्वास्थ्य स्थितीको बारेमा प्रधानमन्त्री नेतन्याहूलाई जानकारी दिइएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्