काठमाडौं, २० चैत। छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री ल्याउन नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरेको छ। कोरोना भाइरस (कोडिभ-१९) को औषधि तथा उपकरण ल्याउन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर बिहीवारै राति काठमाडौं फर्कने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । यसअघि बुधवार अस्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुँदै अस्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइडबडी जहाज पनि बिहीवारै राति फर्कने उडान तालिका रहेको छ ।
यसअघि चैत १६ गते निगमको वाइडबडी जहाजले ग्वाङ्जाओबाट करीब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो । देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । चीनका सांघाईलगायत गन्तव्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ।



लोकपाटी न्यूज