काठमाडैं, २० चैत। कोराना भाइरसको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई जनाको दास्रो रिपोर्ट पोजेटिभ देखिएको छ। दुबै जनाको दोस्रो पटकको परीक्षणमा पनि पोजेटिभ देखिएको अस्पतालले जनाएको हो ।
उनिहरुको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिर्पोट नेगेटिभ आए उनिहरुलाई डिस्चार्ज गर्ने तयारी गरेको थियो । रिपोर्ट पोजेटिभ देखिएसंगै अब अस्पतालमा नै राखि उनिहरुको थप उपचार हुनेछ । नेपालमा पाइएको कोरोना संक्रमित मध्ये उनिहरु दोस्रो र तेस्रो संक्रमित हुन । यि मध्ये १९ बर्षिय दोस्रो संक्रमित फ्रान्सबाट त्यस्तै ३४ बर्षिय तेस्रो संक्रमित यूएईबाट नेपाल फर्किएका थिए ।



लोकपाटी न्यूज