लकडाउन उल्लघंन गर्नेलाई गोली हान्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

लोकपाटी न्यूज

काठमाडौ, २० चैत। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागी गरिएको लकडाउन उल्लघंन गर्नेलाई फिलिपिन्सका राष्ट्रपतिले गोली हान्ने चेतावनि दिएका छन्। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लकडाउनको उल्लंघन गर्नेलाई जो कोहिलाई पनि गोली हान्ने चेतावनी दिएका हुन।
फिलिपिन्समा एक महिनाको लागि लकडाउन गरिएको छ।

अलजजिराले उल्लेख गरे अनुसार लकडाउनको उल्लंघन गरेर सरकारको नियमलाई बाधा पुर्याउन जो कोहीलाई गोली हानिने डुटेर्तेले बताएको हुन। बुधबार एक टेलिभिजनमा सम्बोधन गर्दै डुटेर्तेले आफूले प्रहरीलाई गोली हान्ने आदेश दिइसकेको पनि बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्