मेडिकल उपकरणमा चीन र नेपाल सरकारबीच सम्झौता गर्नुपर्छः पम्फा भुसाल

लोकपाटी न्यूज

काठमाडौं, २० चैत। संघीय प्रतिनिधिसभा सांसद पम्फा भुसालले मेडिकल उपकरण खरिदमा भएको अनियमितताको छानविन गर्न माग गरेकी छन । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देश महाविपत्तिको सामना गरीरहेक़ो बेलामा अनियमितता भएको भए छानविन हुनैपर्ने माग गरेकी हुन् ।

सांसद भुसालले कोरोना भाइरसको जाँच र उपचारको लागी चाहिने स्वास्थ्य उपकरण लगाएतका सामग्री यथासीघ्र खरिद गरेर ल्याउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताएकी छन । उनले सरकारलाई चीन सरकारसंग कुरा गरी सरकार मार्फत जी टु जी प्रकृयाबाट सामाग्री खरिद गर्न सुझाव दिएकी छन । ‘नेपाल सरकार अहिलेका लागी सबै भन्दा विस्वसनीय बिधी सरकारले चीन सरकारसित कुरा गरी चीन सरकार मार्फत (जी टु जी बिधीबाट) खरिद गर्नुहुनेछ’, उनले लेखेकी छन, ‘यो बिधीबाट सामग्री खरिदगर्दा छीटो र गुणात्मक हुनेछ।’

यस्तो छ उनको फेसबुक स्टाटसः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्