उपचार नपाएर मृत्यु भएको भन्दै आफन्तले उठाएनन् थापाको शव

death
लोकपाटी न्यूज

काठमाडौं, २० चैत। बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका मानेका छैनन्। थापाको मृत्युको कारण अस्पतालले नबताएको भन्दै पत्नी र आफन्तले शव नउठाएका हुन्। थापा रुघा–खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका थिए । अस्पतालमा आफ्ना पतिको उपचार नपाएर मृत्यु भएको दाबी रीताकोे छ।

‘चार दिनअघि आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल जानुभएका मेरा पतिलाई अस्पालले उपचारै नगरेर मारेको हो, मलाई न्याय चाहियो, गल्ती गर्नेलाइ कारबाही हुनुप¥यो,’ रीताले भनिन्। अस्पतालले भाइ बाबुरामको मृत्युको कारण अस्पतालले बताउनुपर्ने दाजु विमलको माग छ। उनले दुई छोराको पढाइ खर्च र बुहारीलाई नोकरीको व्यवस्था गरिदिनुपर्ने बताए। ‘भाइ त अब फर्केर आउँदैन तर अस्पतालकै लापरबाहीले सहाराबिहीन भएकी बुुहारी र छोराहरुको त बिजोग हुनु भएन नि’, विमलले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्