निर्मल पौडेल/ पर्वत, १९ चैत। कोरोना संक्रमणको आशंकामा पर्वतको कुस्मामा सञ्चालनमा ल्याइएको कोरोना अस्थायी अस्पतालमा रहेर उपचार गराएको ४ जनाको रिर्पोट नेगेटिभ आएको छ। गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङका एक युवा र युवतीसँगै काठमाडौंबाट पोखरासम्म सँगै एउटै विमानमा आएका जलजला धाईरिङका युवा र तीनै पोजेटिभ वाग्लुङकी युवतीका नातेदार जलजला नाग्लीवाङका अर्का युवाको रिपोर्ट नेगेटिभ आएको पर्वत कोरोना अस्पतालका प्रमूख डाक्टर शिशिर देवकोटाले जानकारी दिए।
ल्याव टेष्ट नेगेटिभ आए पनि उनीहरुलाई कम्तिमा १ हप्ता होम क्वारेन्टाइनमा सुरक्षित स्थानमा अनुरोध गरिएको अस्पतालका प्रमूख डाक्टर शिशिर देवकोटाले बताए। उनीहरुको ल्याब टेष्ट काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएको र नेगेटिभ आएको हो।
शंकास्पद व्यक्तिहरुलाई संक्रमणको स्याम्पल टेष्ट गरिएको तर कसैमा पनि संक्रमण नभएको डाक्टर देवकोटाले बताए। नेगेटिभ रिपोर्ट आएका ३ जनालाई क्वारेन्टाईनमा बस्नेगरी आईसोलेसन अस्पतालबाट डिस्चार्ज गरिएको र अन्य १ जनालाई आज डिस्चार्ज गरिने अस्थाई कोरोना अस्पतालले जनाएको छ ।



लोकपाटी न्यूज

