बुटवल, १९ चैत। बुटवलका एक समाजसेवीले दैनिक ज्याला मजदुरी गरी खाने बिपन्न वर्गलाई खाद्यान्न वितरण गरेका छन्। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामको लागि गरिएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने बिपन्न वर्ग प्रभावित भएका छन्।
बुटवल ११ स्थित हात्तिसुढ टोल विकास संस्थाका अध्यक्ष एवं गोल्डेन बुद्ध रियल स्टेट प्रालिका अध्यक्ष भिमसेन श्रेष्ठले ७० घर परिवारलाई बुधवार खाद्यान्न वितरण गरेका हुन्। हजुर बुवा भागीराम श्रेष्ठ र हजुर आमा गणेश कुमारी श्रेष्ठको स्मृतीमा प्रतिपरिवार ५ केजी चामल, दाल, तेल, दाल, लसुन, आलु, नुन लगायतका खाद्यान्न वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। खाद्यान्न वितरणमा टोल विकास संस्थाका सचिव कृष्ण भण्डारी, कोषाध्यक्ष सरस्वती गलामी, सहसजिव राकेश खड्का समाजसेवी राजु रसाईली, इश्वरीदेवी भट्टराई सुजन परियार लगायत खटेका थिए। सो अवसरमा अध्यक्ष श्रेष्ठले घर भाडामा वस्ने १० परिवारलाई एक महिनाको भाडा छुट गरेको जानकारी दिए।
यसैबिच, व्यावसाहिक वकिल समाज (प्रोफल)ले बुटवल उपमहानगरपालिका वडा नं. १५ मा लकडाउनको प्रभावबाट दैनिक छाकटार्न समस्यमा परेका अतिविपन्न त्रिपन्न परिवारका करिव ३ व्यक्तिलाई घर-घर मा पुगी दाल, चामल, नुन, तेल समेतका खाद्य सामग्री बितरण गरेको छ। खाद्य सामग्री आफ्ना स्वर्गीय पिता गोविन्द वियोगीको स्मृतीमा छोरी रोशनी वैद्य मलेगो, छोरा ज्योति वैद्य र छोरी डा. चादनी वैद्य श्रेष्ठले दानस्वरुप उपलब्ध गराएका थिए। राहत वितरणले गरिखाने वर्गलाई रातह भएको समाजसेवी नारायण बन्जाडेले बताए।




लोकपाटी न्यूज
