स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने वडा सचिव पक्राउ

Arrest
लोकपाटी न्यूज

काठमाडौं, १९ चैत। आफ्नो घरमा कोठा लिइ बसेकी नर्सलाई निकालेको आरोपमा प्रहरीले दाङमा एक वडा सचिवलाई पक्राउ गरेको छ। आफ्नो घरमा कोठामा बस्दै आएकी एक नर्सलाई घरबाट निकालेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर २ का सचिव नारायण आचार्यलाइ प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।

कोरोना भाइरस सर्ने त्रासका कारण नर्सलाई घरबाट निकालेको उजुरीपछि वडा सचिवलाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घोराहीको एक निजी अस्पतालमा कार्यरत नर्सलाई वडा सचिव आचार्यले आफ्नो घर घोराही उपमहानगरपालिका वडा न १८ नवलपुरको घरमा डेरा दिएकोमा गत शनिबार कोठा खाली गर्न लगाएको आरोप छ । गएको मंसिरदेखि आचार्यको घरमा डेरा गरी बस्दै आएकी नर्सले डेराबाट निकालिएपछि घोराहीको एक होटेलमा बस्दै आएको दावी गरेकी छिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्