काठमाडौं, १९ चैत। लकडाउनको नवौं दिन बुधबार ( आज ) करिब १२ सय लकडाउन उल्लघंन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ८ बजेसम्ममा लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५८ जनालाई प्रहरीले पक्राउ गरेको हो। जसमा ९ सय ९० जना पुरुष र १ सय ६८ जना महिला रहेको प्रहरीले बताएको छ।
यो अबधीमा लकडाउनको उल्लंघन गर्ने १ सय ५३ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
विश्वभर महामारीका रुपमा फैलिकएको कोरोना ( कोभिड- १९) को भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज नवौं दिन हो। सरकारले यो अबधिभर अत्यावश्यक काम बाहेक बाहिर ननिक्लन आग्रह गरेको छ। लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छन भने भित्रि सडकमा सामान्य चहलपहल छ।



लोकपाटी न्यूज