पर्वत कोरोना अस्पतालमा भर्ना भएकी महिलाको रिपोर्ट नेगेटिभ

corona test
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत, १८ चैत। कोरोना संक्रमणको आशंकामा पर्वतको कुस्मामा सञ्चालनमा ल्याइको कोरोना अस्थायी अस्पतालमा गत शुक्रबार भर्ना भएकी पर्वत बिहादीको महिलाको रिर्पोट नेगेटिभ आएको छ। बिहादी गाउँपालिका वडा नम्बर १ की ३० वर्षीया महिलाको स्वाब परिक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएको कोरोना अस्पतालका प्रमूख डाक्टर शिशिर देवकोटाले जानकारी दिए।

महिलालाई केहि दिनसम्म १ सय भन्दा बढि ज्वरो र रुघाखोकी आएपछि थप परिक्षणका लागि आईसोलेसनमा भर्ना गरिएको थियो। ती महिलाले सिटामोल र ज्वरोको औषधि खाँदा समेत निको नभएपछि कोरोना अस्पताल ल्याइएको थियो। २ हप्ता अगाडि उनका श्रीमान भारतबाट घर आएका थिए। उनका श्रीमानलाई केही नभएको र महिलामा त्यस्तो किसिमको इन्फेक्सन देखिएपछि आशंकामा अस्पताल भर्ना गरिएको चिकित्सकको भनाइ छ।

कोरोनाको संक्रमण अपवादमा संक्रमितमा नदेखिएपनि भाइरस अन्य व्यक्तिहरुमा देखिने चिकित्सकले बताएका छन्। यसभन्दा अगाडि कोरोना संक्रमित युवतिसँगै विदेशबाट एउटै विमानमा आएका बागलुङका एक युवाको पनि उपचार रिपोर्ट नेगेटिभ देखिएपछि सोमबार डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्