रमेश भुषाल/ पश्चिम नवलपरासी, १८ चैत। लगत संकलनको लागि पश्चिम नवलपरासीको सुनवल ४ मा वडा स्तरीय समिति गठन गरिएको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि देशव्यापि रुपमा गरिएको लकडाउनको यस
स्थितिमा आपूर्ति व्यवस्थालाई सहज वनाउन र मजदुरी अभावमा गुजार चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलनको लागि सुनवल नगरपालिका वडा नम्वर ४ मा समिति गठन भएको हो। वडा नम्वर ४ का अध्यक्ष विरवहादुर गुरुङको अध्यक्षतामा बसेको वैठकले लगत संकलनको लागि वडा स्तरीय राहात समिति गठन गरेको हो।
जसको संयोजकत्वमा वडाअध्यक्ष विर वहादुर गुरुङ रहेका छन्। सदस्यहरुमा कार्यापालिका सदस्य रमादेवि शर्मा, दशरथ कुमाल रहेका छन भने वडा सदस्यहरु गुन वहादुर थापा, वालकृष्ण पंगेनी, कुमिसार वि.क रहेका छन्। त्यस्तै सदस्यहरुमा किशोर कर्माचार्य, हरिप्रसाद कंडेल, मुरलीधर गौतम, रमेश भुसाल र इलका प्रहरी कार्यालय सुनवलका प्रतिनिधि रहेको छन्।
गठित समितिले लकडाउनको यस अवस्थामा रोजगारीको अभावमा काम गर्न नपाएर दैनिकि गुजारा गर्न नसकेका व्यक्तिहरुको एकिन विवरण तयार पारी चैत २० गते भित्र सुनवल नगरपालिकाको कार्यालयमा संकलित लागत उपलब्ध गराउने, लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जस्ता कार्य गर्ने समितिका संयोजक विर वहादुर गुरुङले बताए।



लोकपाटी न्यूज
