क्वारेन्टाइनमा बस्न दवाब दिएको भन्दै आत्महत्याको प्रयास

quarentine
लोकपाटी न्यूज

डोल्पा, १८ चैत। क्वारेन्टाइनमा राख्न खोज्दा एक महिलाले आत्महत्यको प्रयास गरेकी छन। डोल्पाकी त्यी महिलाले क्वारेन्टाइनमा बस्न दिएको दवाबका कारण आत्महत्या गर्न खाजेकी हुन। क्वारेन्टाइनमा बस्न दवाब दिएपछि शे–फोक्सुण्डो गाउँपालिका ५ की गुरूङ थरकी महिलाले ठूलीभेरी नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी थिइन।

आफूसँगै आएका अन्यलाई गाउँगाउँ पठाएको तर आफुलाई मात्रै क्वारेन्टाईनमा राख्न खोजिएको उनले बताइन।उनका आफन्तले स्वास्थ्यकर्मीको व्यवहारका कारणले ती महिलाले ठूलीभेरी नदीमा हामफालेर आत्महत्याको प्रयास गरेको गुनासो गरेका छन्। ‘क्वारेन्टाइन’मा सँगै रहेकाले ती महिलाको ज्यान उनको जोगाएका थिए। उत्त गाउँपालिकाले जिल्लाबाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्न थालिएको छ। क्वारेन्टाइन दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा बनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्