बजेटको २ करोड रुपैयाँ सरकारलाई फिर्ता गर्दै मानवअधिकार आयोग

manabadhikar aayog
लोकपाटी न्यूज

काठमाडौं, १८ चैत। आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने राष्ट्रिय मानवअधिकार आयोगले निर्णय गरेको छ। आयोगले यो आर्थिक बर्षको अत्यावश्यक कार्यक्रमबाहे अन्य कार्यक्रम स्थगित गरेको छ । आयोगले चालू आर्थिक वर्षकोे कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमहरु बाहेकका लागि विनियोजित बजेट रकममध्ये दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने भएको हो ।

यो रकम कोभिड–१९ विरुद्ध प्रभावकारी रुपमा लड्ने कार्यमा सरकारलाई आवश्यक सहयोग पुर्‍याउन फिर्ता गर्न लागीएको आयोगले बताएको छ। साथै आयोगले कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न सबैमा अपील गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्