नेपालमा अलपत्र परेका तीन सय अमेरिकीलाई स्वदेश फर्काइयो

pic
लोकपाटी न्यूज

काठमाडौं, १८ चैत। नेपालका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई नेपालस्थित अमेरिकी दुतावासलेस्वदेश फिर्ता लगेको छ। सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरेसँगै विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर स्वदेश फिर्ता लगेको हो।

पोखरा, मुस्ताङ र लाङटानमा समेत रहेका केही अमेरिकी नागरिकहरुलाई आन्तरिक उडानबाट काठमाडौ ल्याएर विवरण संकलन गरी स्वदेश फर्काइएको हो। कतार एअरवेजको विमान चार्टर गरी अमेरिकी नागरिक, नेपाली मूलका अमेरिकी नागरिकहरु गरी तीन सय जनालाई स्वदेश फर्काइएको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जानकारी दिए।

स्वदेश फर्काउन नेपालस्थित अमेरिकी दूताासले गरेको प्रयासप्रति अमेरिकनहरुले खुशी व्यक्त गरेका छन्। उनीहरले लकडाउनका कारण आफ्ना पूर्व्निर्धा्रित तालिका अनुसार गन्तव्यमा पुग्न नसकेर अलपत्र परेपनि दुतावासले समन्वय गरेर सहयोग गरेर घर जना पाएकोमा खुशी व्यक्त गरेका हुन्। स्वदेश फर्काउन अघि उनीहरुलाई अमेरिकी भिसा समन्वय केन्द्रमा विवरण संकलन गरिएको हो। स्वदेश फर्कनेहरुमा कुटनीतिक नियोगका केही प्रतिनिधिहरु पनि रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्