काठमाडौं, १८ चैत। नेपालमा रहेका आफ्ना ३ सय नागरिक अमेरिकाले फिर्ता लैजाने भएको छ। मंगलबार अमेरिकाले आफ्ना नागरिक नेपालबाट लैजान लागेको हो। नेपालस्थित अमेरिका दुतावासको पहल पछि अमेरिकी नागरिक स्वदेश फर्कन लागेका हुन्।
कतार एयरवेजको चार्टर्ड फ्लाइट अपरान्ह सवा १२ बजे दोहा हुँदै अमेरिकाको वासिङ्टन डिसिस्थित डलास इन्टरनेसनल एयरपोर्टमा अवतरण हुने छ। लकडाउन पछिको यो कतार एयरवेजको चौथो चार्टर्ड फ्लाइट हो। एयरवेजले यसअघि दुई पटक जर्मनमा एकपटक फ्रान्समा चार्टर्ड फ्लाइट गरेको थियो।



लोकपाटी न्यूज