भारतमा कोरोनाका कारण ४० को मृत्यु

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। यतिबेला विश्वभर कोरोना भाइरस कोभिड-१९फैलिदै गएको छ। भारतमा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा थप ८ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यस्तै थप ८३ जनामा संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या १३ सय ३४ पुगेको छ।

अहिलेसम्म उपचारपछि १ सय ४० जना निको भएर घर फर्किएको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।कोरोना भाइरसको संक्रमण फैलदै गएपछि भारतले मार्च २५ तारिकदेखि तीन साताको लागि लकडाउन गरेको छ।