काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या दिन प्रतिदिन उच्च हुँदै गएको छ। मंगलबार बिहान १०.४५ सम्म विश्वभरि कोरोनाबाट मर्नेको संख्या ३७८२० पुगेको छ।
कोरोनाबाट सबैभन्दा बढी क्षति इटालीमा भएको छ। हाल पनि सबैभन्दा उच्च मृत्युदरको शिकार पनि इटाली नै भइरहेको छ। इटालीमा मंगलबार बिहानसम्म ११५९१ नागरिकको मृत्यु भएको छ।
महामारीले अहिले सारा विश्व नै आतंकित छ। अमेरिका, स्पेन, इरान, नेदरल्याण्ड, बेल्जियममा पछिल्लोपटक धेरै मानिसको मृत्यु भएको छ।
हालसम्म कोरोनाबाट संक्रमित हुने नागरिकको संख्या ७ लाख ८५ हजार पुगेको छ। १ लाख ५६ हजार नागरिक निको भएर घर फर्किएका छन्। कोरोनाबाट विश्व कहाँ कति प्रभावित छ, हेरौं तथ्यांक।














लोकपाटी न्यूज

