लकडाउनको समयमा पिकअप दुर्घटना हुदा २ को मृत्यु

accident
लोकपाटी न्यूज

काठमाडौं, १८ चैत। लकडाउनको समयमा पिकअप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। रामेछापको खाँडादेवी–१ राकाथुममा पिकअप दुर्घटना भएको हो। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । लकडाउनले अलपत्र परेका यात्रु बोकेर भत्तपुरबाट रामेछापको दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ नम्वरको पिक अप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरी र र्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दियो। भत्तपुरमा इँटा भट्टामा काम गर्ने मजदुरले रातिको समयमा पिकअप लिएर गएको बताइएको छ । घाइते हुनेहरुमा बालबच्चा समेत रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्