काठमाडौं, १८ चैत। चीनबाट खरिद गरी ल्याइएका स्वास्थ्यसँग सम्बन्धित सामग्री प्रदेशहरूमा पुगेका छन्। ती सामग्रीलाई नेपाली सेनाले प्रदेश १ को विराटनगर, बाग्मतीको हेटौँडा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पुर्याइसकेको छ।
नेपाली सेनाको स्काई ट्रक विमानबाट सोमबार ढुवानी गर्ने क्रममा गन्ध आउनका साथै विमान चालकको आँखा पोल्न थालेपछि विमान उडेको १० मिनेटमा नै फिर्ता गरिएको थियो। अन्य सामग्रीहरू भने स्काई ट्रक विमानबाट सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश १ को विराटनगर पुर्याइसकेको सेनाले जनाएको छ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री लिएर विराटनगर र धनगढी उडेको दुईवटा विमानमा ुअनौठो गन्ध’ आएपछि बीचबाटै काठमाडौँ फर्किएको थियो। विमान चालकले भने गन्धका कारणले भन्दा आँखा पोलेको कारण उडान भर्न नसकेको बताएका छन्।



लोकपाटी न्यूज

