निर्मल पौडेल, पर्वत। महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीले कोरोना भाइरस (कोभिड १९) बाट हुन सक्ने उच्च जोखिम न्यूनिकरणका लागि आपतकालिन राहत कोष स्थापना गरेको छ।
आइतबार वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले वडामा भाइरसविरुद्ध काम गर्नका लागि उक्त राहत कोष स्थापना गरेको वडाध्यक्ष राम बहादुर सुनारले जानकारी दिए। बैठकमा वडाध्यक्ष सुनारको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरेको छ। समितिमा दिनेश राउत र भीम बहादुर क्षेत्री सदस्य छन्।
उक्त कोषमा वडा अध्यक्ष, सदस्य, कर्मचारी, शिक्षक, ब्यापारी, समाजसेवी लगायतबाट केही रकम संकलन गरिएको र सहयोग गर्न चाहने व्यक्तिले सहयोग गर्न सक्ने पनि सुनारले जानकारी दिए। यो विपतको समयमा राहत कोषबाट वडाभित्र आइपर्ने जुनसुकै कार्यमा खर्च गरिने उनले बताए।
कोषमा सुनारले १० हजार, वडा सदस्य समीर गुरुङले ५ हजार, वडा सदस्य गीता सुनारले २ हजार सदस्य गीता बि.क २ हजार, भीम बहादुर पिडित क्षेत्री, १० हजार ५ सय, खडक ब क्षेत्री २ हजार, गोबिन्द ब. बि.क २ हजार, बल बहादुर क्षेत्री २ हजार, चन्द्र बहादुर क्षेत्री २ हजार, दिनेश राउत २ हजार, प्रेम बहादुर लामा २ हजार रुपैंयाँ जम्मा गरेका छन्।
त्यसैगरि क्षेत्र बहादुर क्षेत्री १ हजार, कर्ण बहादुर नेपाली १ हजार, दीपक सुनार १ हजार, रुद्र बहादुर सुनार १ हजार, दीलिप सुनार १ हजार, सुवास शर्मा १ हजार, मन बहादुर क्षेत्री २ हजार, रामचन्द्र पौडेल ५ सय र वडा सचिव रमेश आचार्यले २ हजार सहयोग गरेका छन्।



लोकपाटी न्यूज
